बिष्णुप्रसाद पोखरेल दमक/राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसंग भारी मतान्तरले पराजय भोगेपछि नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला धेरै नै गम्भिर देखिएकाछन् ।
मतगणनास्थल होस या उनि काठमण्डौ जाने क्रममा सोमबार भद्रपुर बिमानस्थलमा रहदा होस् उनको मुहार निक्कै मलिन देखिन्थ्यो ।
सधै सञ्चारकर्मीहरु देख्दा हासेर प्रतिक्रिया दिने उनि सकेसम्म तर्किरहेका थिए । उनले आफ्नो जितलाइ प्रतिष्ठाको लडाइको रुपमा लिएका थिए ।
उनले राजतन्त्र र गणतन्त्र, परिवर्तनकारी र यथास्थितिबादी बीचको लडाइको रुपमा आफ्नो क्षेत्रको चुनाव रहेको बताएका थिए ।
झापा क्षेत्र नं. १ मा हार बेहोरेका काँग्रेस नेता विश्वप्रकाश शर्माले माओबादी केन्द्रका बिजय भएका नेता राम कार्कीलाइ आफै माला पहिर्याइ दिएर सेल्फि खिचिरहदा सिटौला भने नाजवाफ भएका थिए ।
सिटौला निकटका एक काँग्रेस नेताका अनुसार सकेसम्म चुनाव जित्ने र नजितेको अवस्थामा झिनो मतान्तरले चुनाव हार्ने आँकलन थियो ।
तर परिणाम त्यसको उल्टो आयो । धेरै मतान्तर भएपछि सिटौला धेरै नै निराश देखिएकाछन् । परिणाम बारे आश्चर्य चकित रहेकाछन् ।
सिटौलाको छोटो प्रतिक्रिया दिएकाछन्–‘अप्रत्याशित परिणाम हो, यो मैले कल्पना गरेको थिइन् ।’ उनले यस बिषयमा र देशभर पार्टीको हारको बिषयमा समिक्षा हुने जनाए ।
https://www.youtube.com/watch?v=IWSy5rK6F8k&feature=youtu.be









