समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनामा पनि नेकपा एमालेको अग्रता कायमै छ ।
एमाले ९ लाख ८३ हजार ३ सय ८५ मतसहित सबैभन्दा अगाडि छ । एमालेलाई प्रत्यक्षतर्फ नराम्रो हार ब्यहोरोको काँग्रेसले पछ्याइरहेको छ । काँग्रेसको ९ लाख २२ हजार ७ सय ५४ मत छ । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४ लाख ८ हजार २ ८६ मत ल्याएको छ ।
यस्तै संघीय समाजवादी फोरम, नेपाल ६९ हजार ९० मतसहित चौथो, विवेकशील साझा पार्टी ५छ हजार ३ सय ५६ मतसहित पाचौं, राष्ट्रिय प्रजातन्त्र पार्टी ५१ हजार १ सय ८५ मतसहित छैठौं, राजपा नेपाल ४३ हजार ८ सय मतसहित सातौं स्थानमा छ ।
नयाँ शक्ति पार्टी ३२ हजार ७४ मतसहित आठौं, राष्टिन्य जनमोर्चा २४ हजार ६ सय ४ मतसहित नवौं र राप्रपा प्रजातान्त्रिक ३१ हजार ३ सय ८७ मतसहित दसौं स्थानमा छ ।










