मोरङ । प्रदेश नम्बर एकको लगभग मत परिणाम सार्वजनिक हुन केही ठाँउ मात्र बाँकी रहँदा लगभग अब कति सिट आउने भन्ने बारेमा प्रायजसो सबेले अनुमान लगाईसकेका छन । यो सँगै को मुख्यमन्त्री बन्लान भन्ने चासो पनि सर्बसाधारणमा बढेको छ । बिशेषगरी बहुमत प्राप्त एमाले र माओबादीले समेत यस बिषयमा भने मुख खोलेका छैनन । तरपनि निर्वाचनअघि देखि नै पुर्बसुचना तथा सञ्चारमन्त्री समेत भइसकेका शेरधन राईले प्रदेशसभातर्फ निर्वाचन लडेपछि उनैलाई १ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा चर्चामा ल्याएको थियो । राइले भोजपुर प्रदेशसभा ‘ख’ बाट चुनाव जितिसकेका छन् । उनले आफुलाई मुख्यमन्त्रीका रुपमा यसअघि नै दाबी गरिसकेका थिए ।

बिशेषगरी एमालेले बहुमत प्राप्त गरेको अबस्था र माओबादीमा उनी समानका नेताहरुले प्रदेशमा बिजय हासिल नगरेका कारण पनि राई निर्बिवाद बन्ने देखिएको छ । हुन त प्रदेशको राजधानी कहाँ राख्ने र संरचना कस्तो बन्ने भन्ने बिषयमा पनि अन्यौल कायमै रहेको छ । तथापि मुख्यमन्त्रीमा भने अर्को दावेदार नदेखिएका कारण राई नै मुख्यमन्त्री बन्छन भन्ने धेरैको आँकलन छ । निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम भएसँगै मुलुकका सात प्रदेशमा कसको सरकार कसरी बन्छ ? भन्ने जोडघटाउ सुरु हुन थालिसकेको अबस्था छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश नम्बर १ मा चुनावी मतपरिणामका आधारमा बाम गठबन्धनको दुई तिहाइको प्रदेश सरकार बन्ने निश्चित प्रायः देखिएको छ । प्रदेश नम्बर १ मा १४ जिल्ला छन् जसमा प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट हुन्छन् । यी मध्ये यो समाचार तयार पार्दा सम्म प्रत्यक्षतर्फको एक सिट बाहेक अरु सवै सिटको नतिजा सार्वजनिक भैसकेको छ । यो प्रदेशमा एमालेले प्रत्यक्षतर्फ नै ३६ वटा सिट जितेको छ भने माओवादी केन्द्रले १० सिट जितेको छ । माओवादी र एमालेको सिटसंख्या जोड्दा ४६ सिट हुन्छ ।

यो प्रदेशमा बहुमतको सरकार गठन गर्न ४७ सिट र दुईतिहाई बहुमतको सरकार बनाउन ६२ सिट आवाश्यक छ । प्रदेश नम्बर १ मा एमालेले ४० प्रतिशत मत हासिल गरेको छ । दोस्रो स्थानमा काङ्ग्रेसले ३३ प्रतिशत, तेस्रोमा माओवादीले १४ प्रतिशत, चौँथोमा संघीय समावादी फोरमले ४ प्रतिशत र अन्य दलहरुले ८ प्रतिशत मत ल्याएका छन् । यही प्रतिशतलाई आधार मान्दा समानुपातिकका ३७ सिट मध्ये एमालेले १५, काङ्ग्रेसले १२, माओवादीले ५, फोरमले १ सिट जित्ने देखिन्छ । बाँकी ८ सिटको भागबन्डाको लागि अन्तिम नतिजा पर्खनुपर्ने देखिन्छ ।

यसरी प्रत्यक्षमा एमालेले जितेको ३६ र समानुपातिकमा अनुमानित १५ सिट जोड्दा ५१ सिट हुन्छ । यसरी एमाले एक्लैले बहुमतको सरकार निर्माण गर्न सक्ने देखिन्छ । यता, गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा १० र समानुपातिकमा अनुमानित ५ सिट जोड्दा कूल १५ सिट जितेको छ । यसरी दुई पार्टीको सिट जोड्दा बाम गठबन्धनको ६६ सिट हुन आउँछ । यसरी गठबन्धनले दुई तिहाईका लागि आवश्यक ६२ सिट सजिलै पुर्याउने देखिन्छ । एक नम्बर प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेसले सातवटा सिट मात्र जितेको छ भने अन्य साना दलले दुई सिट जितेका छन् । यसरी हेर्दा यो प्रदेशमा एमाले माओवादी गठबन्धनको आरामसाथ दुई तिहाइको सरकार बन्ने लगभग पक्का छ । पुर्बेली न्युज बाट साभार