सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता बढाएकी छिन्। मतगणनाको पछिल्लो अवस्थामा भगवतीले नेपाली कांग्रेसका विजय गच्छदारलाई १ सय ६५ मतले पछि पारेकी छिन्।
सोमबार मतगणना रोकिँदासम्म भगवती १ सय ५५ मतले अगाडि थिइन्। अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएर विवाद भएपछि सोमबार दिउँसोदेखि गणना रोकिएको थियो। दुवै पक्षबीच सहमति भएपछि आज मध्याह्न १२ बजेपछि मतगणना अघि बढेको हो।
पछिल्लो अपडेट: भगवती चौधरी (एमाले) ३०,९१९ विजय गच्छदार (कांग्रेस) ३०,७५४










