बिष्णुप्रसाद पोखरेल/दमक

नेपालभर बाट नै प्रतिनिधिसभा सदस्यमा सर्वाधिक मत ल्याएर विजय बन्नु भएका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट झापा क्षेत्र नं. ५ का बासिन्दाले ठूलो अपेक्षा राखेकाछन् । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीको जितले दमक र झापा क्षेत्र नं. ५ अन्तर्गतका नगरपालिका र गाँउ पालिकाका मतदाताहरुले ठूलो अपेक्षा राख्न थालेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओेली प्रधानमन्त्री हुदा झापाको साविक क्षेत्र नं. ७ र अहिलेको ५ मा थुप्रै योजनाहरु आएका थिए । दमकमा विश्वको अग्लो बुद्धमूर्ति, एकलाख भन्दा बढिलाइ रोजगार दिने औधोगिक पार्क, सुबिधा सम्पन्न दमक सिटि हल, ब्यवसायीक भ्यू टावर, अन्तराष्ट्रिय खेलमैदान, क्षेत्रिय आर्युबेद चिकित्सालय जस्ता योजनाहरु अब अघि बढ्नेमा स्थानीयहरु आशाबादी रहेकाछन् ।

त्यतिमात्र नभएर बर्षौबाट रतुवा, मावा, कमल, किस्नि, गेउरीया लगायतका खोलानालाबाट प्रताडित भएकाहरुले उचित तटबन्धनको समेत अपेक्षा गरेकाछन् । सधै चुनावी नाराहरुमात्र बने यो काम नभएको गुनासो रहेको छ । ओलीको बिजयसभामा सहभागि भएका दमक २ का भगिरथ निरौलाले अब ५ बर्षभित्रमा यि सबै काम पुरा हुन्छ भन्ने लागेको जनाए ।

उनले कुरामात्र भएको र अहिलेसम्म काम नभएको सुनेको भन्दै अब काम नै अघि बढ्ने विश्वास रहेको बताए । दमक ७ की योगमाया भण्डारीले ओलीको बोलीबाट प्रभावित भएर नै आफूले मत दिएको बताउदै ल्याएका र भनेका यहाँका योजनाहरु पुरा भएमा धेरै खुसि हुने बताइन् ।

उनले चुनावमा भन्ने अनि कहिल्यै काम नगर्ने गरेको गुनासे गरिन् ।बिजयसभालाइ सम्बोधन गर्दै ओलीले आफूले गरेका बाचाहरु पुरा गर्ने बताएकाछन् । उनले आफूले ल्याएका सबै योजनाहरु अब मूलकका योजना भएको बताउदै ति पुरा गर्ने बताए । उनले अब यस क्षेत्रको कायपलट हुने जनाए ।

उनले बिकासमा सबैलाइ सहयोग गर्न आग्रह गर्दै अरु चिन्ता नगर्न आग्रह गरे ।चुनाव अघि यस्ता थिए ओलीको प्रतिबद्धता दमकबाट उत्तरी पहाडि जिल्ला जोड्ने निर्माणाधिन दमक चिसापानी रबि सडक निर्माण कार्य सम्पन्न गरी गौरीगञ्ज ताप्लेजुङ हुँदै चीनको सिमानासम्म सडक यातायात सञ्चालन गरिने, दमकमा निर्माणाधिन देशकै ठूलो सुबिधासम्पन्न सभाहल ३ बर्षभित्र पुरा गर्ने,  बिस्तृत परियोजना तयार भइ कार्यन्वयनका चरणमा रहेका विश्वकै अग्लो बुद्ध मूर्ति बनाइ छाड्ने प्रतिबद्धतापत्रमा रहेको छ ।

दमक भ्यू टावर र क्लिन औधोगिक पार्क निर्माण कार्य अविलम्ब थालिने, कमल गाँउपालिका ५ मा निर्माणाधिन अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण सम्पन्न गर्ने,उपयुक्त स्थान पहिचान गरी एउटा आन्तरिक बिमानस्थल निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने समेत गठबन्नधनको प्रतिबद्धतापत्रमा उल्लेख रहेको छ ।

मंगलवारे, क्याम्पा, शिवगञ्ज सडक निर्माण कार्य प्रारम्भ भइसकेकाले यसलाइ तोकिएको समय भित्र कालोपत्रे गर्ने काम पुरा गरिने जनाईएको छ । यहाँका समस्याको रुपमा रहेका मावा,रतुवा, कमल, किस्नी खोला तटबन्ध कार्य सम्पन्न गरी किनारामा हरित पेटि सहित पार्क निर्माण गरिने छ ।

जनतालाइ सहज पहुँच पुर्याउन गौरादह नगरपालिकामा पचास शैयाको अस्पताल निर्माण र दमक अस्पताललाई विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने पनि ओलीको प्रतिबद्धतापत्रमा सार्वजनिक गरिएको छ ।

५ बर्षभित्रमा यस क्षेत्रमा १ लाखलाइ रोजगारी, बहुप्रज्ञा प्रतिष्ठानको स्थापना, बहुप्राविधिक शिक्षालय बनाउने, दमक नगरलाइ सफा हरित नगरको रुपमा बिकास गर्ने, गौरीगन्ज, गौरादह, केर्खा बजारलाइ आधुनिक नगरको रुपमा बिकास गर्ने, ३ बर्षभित्रमा कल्भर्ट तथा पुलहरु निर्माण सम्पन्न गरिसक्ने पनि प्रतिबद्धतापत्रमा रहेको छ ।