सुनसरी– सुनसरीको क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार विजय कुमार गच्छदारले मतान्तर घटाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार उनी ४४  मतले पछाडि छन् ।

गच्छदारले ३२ हजार ५ सय २६ मत ल्याएका छन् भने एमालेकी भगवती चौधरीको ३२ हजार ५ सय ७० मत छ । पछिल्लो गणनामा गच्छदारले निरन्तर मतान्तर घटाउदै लगेका छन् ।