अहिले मंगलवार बेलुका ८ बजेतिर पाडाजुगीमा दूर्घटना भएको छ । एउटै दिशाबाट आइरहेका ट्रक र बस एकअर्कालाइ उछिनेर अघि बड्न खोज्दा दूर्घटना भएको बताईएको छ ।

ना ६ ख ६९२६ नम्बरको ट्रक र ना ४ ख ११०५ नम्बरको बस एकअर्कालाइ उछिनेर अघि बढ्न खोज्दा गीता पेट्रोल पम्प नजिक बस कोल्टिएको र एकजना घाइते बनेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काकडभिट्टाबाट बिरगन्ज गइरहेको बस पल्टन खोज्दा थिचिएर सर्लाही बस्ने बिमला सुन्दास घाइते भएको र दमक अस्पतालमा उपचार भइरहेको पनि बताइएको छ । अन्य कुनै क्षति भएको छैन ।