बिजय कुमार गच्छदारले प्रतिद्धन्द्धी भगवती चौधरीसँगको मतान्तर ४४ मा झरेकाे छ । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार एमालेकी चौधरीले ३२ हजार ५ सय ७० मत ल्याउदा गच्छदारले ३२ हजार ५ सय २६ मत ल्याएका छन् ।
कुल खसेको ८५ हजार १ सय ३७ मत मध्ये अहिले सम्म ७१ हजार ३ सय २० मत गणना भएको छ । अब १३ हजार ८ सय १७ मत गन्न बाँकी रहेको छ । यतिवेला २२ लट अन्तरगत इटहरी ११ क , दुहवी २ क , गढी ४ घ, दुहवी ११ घ र बर्जु ५ ख को गणना थालिएको छ । २२ लटमा ३५ सय १७ मत खसेको छ ।
दुहवी २ गच्छदारको पकट रहेको वडा मानिन्छ । स्थानीय तह निर्वाचन परिणामलाई हेर्दा अहिले मतगणना सुरु भएको इटहरीको २ र ११ वडा नेपाली कांग्रेसले जितेका थियो । गढी ४ र दुहवी ११ मा फोरम लोकतान्त्रिकले जितेको थियो । बर्जु ६ मा भने एमालेले बाजी मारेको थियो ।
इटहरी, दुहवी, गढी र बर्जुका वडाका केही मतदान केन्द्रका मत पेटिकाभित्रको मत गन्न अझै बाँकी नै रहेको छ । मत गणनामा बाधा उत्पन्न नभएको खण्डमा सम्भवतः विहानीपख सम्म नतिजा घोषणा हुन सक्ने अनुमान गर्न सकिन्छ । पुर्बेलिन्युज बाट सभार










