इटहरी । स्थानीयस्तर देखी केन्द्र सम्मै चासाेका साथ हेरीएकाे सुनसरी क्षेत्र नं ३ अन्तरगत प्रतिनिधी सभा तर्फकाे मतगणना राेचक बन्दै गएकाे छ ।
पछिल्लाे मत परिणाम अनुसार बाम गठबन्धनकी उम्मेद्वार भग्वती चाैधरीलार्इ पछि पार्दै लाेकतान्त्रीक गठबन्धन नेपाली कांग्रेसका उम्मेद्वार बिजया कुमार गच्छदारले झिनाे मतान्तरले अघी देखिएका छन ।
निर्वाचन अधिकृतकाे कार्याफय सुनसरिले दिएकाे पछिल्लाे मत परिणाम अनुसार एमालेकी चाैधरीकाे ३५ हजार ५ सय ६१ मत प्राप्त गर्दा कांग्रेसका गच्छदारले ३६ हजार ६८ मत प्राप्त गर्दै अघाडी बढेका छन । सुरूवाती समय देखी अग्रता लिदै अाएकी एमालेकी चाैधरी अहिले ५१९ मतले पछि परेकी छिन ।










