इटहरी । स्थानीयस्तर देखी केन्द्र सम्मै चासाेका साथ हेरीएकाे सुनसरी क्षेत्र नं ३ अन्तरगत प्रतिनिधी सभा तर्फकाे मतगणना राेचक बन्दै गएकाे छ ।

पछिल्लाे मत परिणाम अनुसार बाम गठबन्धनकी उम्मेद्वार भग्वती चाैधरीलार्इ पछि पार्दै लाेकतान्त्रीक गठबन्धन नेपाली कांग्रेसका उम्मेद्वार बिजया कुमार गच्छदारले ५२५  मतान्तरले अघी देखिएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन अधिकृतकाे कार्याफय सुनसरिले दिएकाे पछिल्लाे मत परिणाम अनुसार एमालेकी चाैधरीकाे ३७०५० मत प्राप्त गर्दा कांग्रेसका गच्छदारले ३७५७५ मत प्राप्त गर्दै अघाडी बढेका छन । सुरूवाती समय देखी अग्रता लिदै अाएकी एमालेकी चाैधरी अहिले ५२५ मतले पछि परेकी छिन । गन्न बाँकी ः ३४८१ मत रहेको छ।