उर्लाबारी- मोरङको उर्लाबारी नगरपालिका-६ तरुण चोकमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा उर्लाबारी नगरपालिका-६ की ३६ वर्षीया निलम पाण्डे रहेकी छिन्। हिजो राति पौने ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाण्डेको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पैदलयात्री पाण्डेलाई ठक्कर दिएर मे ४ प ३९१७ नम्बरको मोटरसाइकल समेत पल्टिँदा घाइते भएकी मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी निशा गुरुङलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको छ।

मोटरसाइकल चालकलाई भने इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ।