अमेरिकाको टेक्सास, फोर्टवर्थ सहरमा  सडक दुर्घटनामा  परी नेपाली मूलका एकै परिवारका तीन जनाको मृत्यु भएकाे छ भने ३ जाना घाइते भएका छन्।

मृत्यु हुनेमा  झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका नेपाली मूलका एकै परिवारका डम्बर कामी, पवित्रा कामी र  ४ महिने बालक स्यारोन दर्जीको मृत्यु भएको छ । घाइते हुनेहरुमा रुपा कामी, मोनी लोकान्द्री र  रीना कामी रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूटानी शरणार्थी बनेर लामो समय नेपालमा बिताएका थिए । उनीहरु सन २०१२ मा पुनर्वासका क्रममा अमेरिका पुगेका जनाइएकाे छ । पुर्बेलिन्युज बाट