बिष्णुप्रसाद पोखरेल दमक/राजनीतिक बृतहमा दमकमा केन्द्र बिन्दुमा रहने गरे पनि निर्णायक अवस्थामा सधै पछि पर्ने गरेका राम थापाका लागि प्रदेश सभा सदस्य फेरी संघर्षपूर्ण यात्रा बन्ने निश्चित भएको छ ।
अहिलेसम्मको मत गणना अनुसार प्रदेश नं. १ मा राप्रपाले थ्रेस होल्ड पार गरेको छ र एउटा साँसद पाउने निश्चित बनेको छ । यस प्रदेशमा १३ लाख २९ हजार मतगणना हुदा राप्रपाले समानुपातिकमा एउटा सिट पाउने देखिएको छ ।
केन्द्रमा थ्रेसहोल्ड कटाउनका लागि निक्कै संघर्ष भोगिरहेको राप्रपालाइ प्रदेशसभाका लागि थ्रेसहोल्ड जेनतेन कट्ने भएपछि एक प्रदेश सभा सदस्य पठाउन त्यति धेरै गाहे हुने छैन ।
राप्रपाले प्रदेस सभा सदस्यको पहिलो नम्बरमा राम थापाको नाम बन्द सूचिमा राखेकाले उनका लागि असहज छैन । तर निर्वाचन आयोगले दलित, जनजाती, महिलालाइ प्राथमिकतामा राखेर बन्दसूचिबाट नाम हालेमा राम थापा पर्ने छैनन् ।
तर एकनम्बर सूचिको हिसावले सिधै राखेमा राम थापा प्रदेश सभाका साँसद बन्नेछन् । निर्वाचन आयोगले बन्द सूचिको नाम तलमाथि गर्न नपाइने बताइसकेकाले पनि थापा पर्न सक्ने देखिन्छ ।
झापा यस्तो जिल्ला बनेको छ जहाँ राप्रपाले एक सिट जित्यो । देशभर सबैतिर प्रतिनिधिसभा सदस्यमा शुन्य नतिजा भएको अवस्थामा यहाँ जितेको हो । यदि देशभर थ्रेसहोल्ड अर्थात समानुपातिकमा ३ प्रतिशत नकटाए राजेन्द्र लिंगदेन स्वतन्त्र साँसदको हैसियतमा मात्र रहनेछन् ।










