बिष्णुप्रसाद पोखरेल/दमक

देशभरबाट एकठाँउमा मात्र प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएका राप्रपाका महामन्त्री एवं झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन यतिखेर चर्चाको मात्र बन्नु भएको छ । देशभर नेपाली काँग्रेससंग निर्वाचन तालमेल गरेको राप्रपाले झापामा बाम गठबन्धनसंग तालमेल गरेर निर्वाचन जितेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

          यसकारण पनि लिङ्देन चर्चामा रहनु भएको छ उहाँले तेस्रो पटकमा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलालाइ फराकिलो मतान्तरले पराजित गर्नु भयो । फरक किसिमको गठबन्धन पश्चात सिटौलालाइ लिङ्देनले हराएपछि जिल्लामा मात्र नभएर देशभर अहिले यो बिषय चर्चामा छ ।

          लिङ्देनले सिटौलालाई १३ हजार ४५५ मतको फराकिलो अन्तरले पराजित गर्नु भएपछि कतिपयले आश्चर्य समेत मानिरहेकाछन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार बिजेता लिङ्देनले ४४ हजार ६१६ मत प्राप्त गर्नु भएको छ भने सिटौलाले ३१ हजार १५९ मत प्राप्त गर्नु भएको छ । सिटौलाले यो नतिजा अप्रत्याशित र कल्पना बाहिरको भएको भनेर प्रतिक्रिया दिइसक्नु भएको छ ।

          सिटौलाका कारण नै राप्रपासंगको गठबन्धन तोडिएको र आफूलाइ जित्न सहज भएको महामन्त्री लिङ्देन बताउनु हुन्छ । सिटौलालाइ नेपाली काँग्रेसले समानुपातिकको १ नम्बर सूचिमा राख्न खोजेपनि सिटौलाले यसलाइ इन्कार गर्दै आफू झापा क्षेत्र नं. ३ छाड्न नसक्ने र यहाँ जसरी पनि प्रतिनिधिसभा सदस्यमा उठ्ने अडान लिएपछि अन्तिम समयमा सिटौलाको उम्मेदवारी निश्चित बनेको थियो ।

          लिङ्देनले पछि आफू नहट्ने र सिटौलासंग प्रतिस्पर्धा गर्ने भनेर घोषणा गरेका थिए । लिङ्देनले ब्याक्तिगत रुपमा बाम गठबन्धनसंग सहकार्य गर्ने प्रस्ताव अघि सारेपछि त्यसलाइ बाम गठबबन्धनले स्वीकार गरेको थियो । झापामा बाम गठबन्धनले जिल्लाका सबै क्षेत्रमा राप्रपाले सहयोग गर्ने सहमति गराएर लिङ्देनलाइ सहयोग गरेको हो । बाम गठबन्धनका चुनावीसभाहरुमा लिङ्देन सक्रिय नै भएर हिड्नु भएको थियो ।

          राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएका  लिङ्देनले हरेक प्रतिस्पर्धामा सधै उप बिजेता बनेको स्मरण गर्दै यो पटक जनताबाट अनुमोदित भएर बिजय भएकोमा खुसि लागेको बताउनु भयो । उहाँले बाम गठबन्धनसंग चुनावी तालमेल गरेसंगै राजतन्त्र र हिन्दुराष्ट्रको मुद्धालाइ चुनावी कार्यक्रममा कहि पनि उठाउनु भएन ।

          बि.स. २०३९ सालदेखि राजनीति सुरु गर्नु लिङ्देन राप्रपाको विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत भइसक्नु भएको थियो । बि.स २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित हुनुभएको थियो । त्यसपछि उहाँलाइ राजाबादी भएको आरोप लाग्दै आएको छ ।

          लिङ्देनले आफूले अब क्षेत्रको बिकास नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । राजधानीमा सबेर राजनीति र क्षेत्रमा रहेर बिकास आफ्नो प्रमुख उदेश्य रहेको लिङ्देन बताउनु हुन्छ । राप्रपाको पराजयको सन्दर्भमा उहाँले देशभर नै उस्तै अवस्था रहेको भन्दै अब पार्टीले यस बिषयमा समिक्षा गर्ने बताउनु भयो ।

राप्रपा अध्यक्ष कमल थापाको पक्षमा उभिदै लिङ्देनले अहिले राजिनामा उहाँ नैतिकताको कुरा यहाँ ल्याउनु पर्छ भन्ने आफूले महसुस नगरेको उहाँको भनाइ छ ।