ओमनबाट नेपाली चेलीको उद्धार 

आफ्नो उद्धार गरिदिन भन्दै ओमनमा दुखमा परेकी नेपाली चलीको उद्धार भएको छ । ओमनबाट आफुलाई उद्धार गरिदिन भन्दै हामीलाई सम्पर्क गरेकी नेपाली चेलिको कथा । उन्ले आफु विचल्लीमा परेको भन्दै त्यहांबाट निकालिदन सहयोग मागेकि थिईन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उन्को म्यासेज पाएसंगै हामीले ओमान स्थित नेपाली दुतावासलाई सम्पर्क गरेका थियौ । हाम्रो आग्रहमा ओमानका लागि नेपाली राजदुत शर्मीला पराजुलीले तत्काल रेस्पोन्स गरि पीडित युवतीसंग सम्पर्क गरेकी थिईन् ।

हामीले सम्पर्क गरेको भोलिपल्टै राजदुत पराजुलीले ति युवती काम गर्न ठांउबाट रेस्क्यु गरि दुतावास ल्याईन् ।

घरेलु कामदारका रुपमा खाडि मुलुक गएका धेरै महिलालाई घरमै बन्दी जस्ती भई काम गर्न बाध्यछन् ।

https://youtu.be/SefERAoJvKc