बिष्णुप्रसाद पोखरेल दमक/यस बर्ष दमक धेरै भाग्यमानी भएको छ । दमकले मात्र छ जना साँसद पाउदैछ । मूलकको कार्यकारी प्रधानमन्त्रीदेखि लिएर स्थानीय क्षेत्रको बिकासका लागि अब ६ जना साँसद पाउने भाग्यमानि नगर दमक हुने भएको हो ।

प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा केपी ओली निर्वाचित भइसकेकाछन् भने प्रदेश सभा सदस्यमा अर्जुन राइ बिजय भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अब समानुपातिकबाट को को ?

होमबहादुर थापा

प्रदेशसभा सदस्यमा दमकबाट धेरै साँसद हुने भएकाछन् । नेकपा एमालेका जिल्ला सदस्य एवं झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका मूल संयोजक होमबहादुर थापा कन्फर्म प्रदेश सभा सदस्य बनिसकेकाछन् । किनकी एमालेले उनलाइ प्रदेश नं. १ मा पहिलो नम्बरमा नै नाम राखेको छ । एमाले १ नम्बरमा समानुपातिकमा पनि पहिलो रहेको छ । उनलाइ अब साँसद बन्नबाट कसैले रोक्न सक्दैन । यसर्थकी निर्वाचन आयोगले नाम तलमाथि गर्न नपाउने जनाइ सकेको छ ।

लोकबहादुर धिमाल

धिमाल आदिबासी जनजातीका अगुवा हुन् । उनलाइ पनि एमालेले आदिबासी जनजातीतर्फ प्रदेशसभा सदस्यमा १ नम्बर सूचिमा राखेका पाईएको छ । अब उनि साँसद बन्ने बाटो खुला भएको छ । समानुपातिक मतको आधारमा उनलाइ साँसद बन्ने बाटो कोरिएको छ । अक केहि दिनमा नै उनि साँसद बनेको खबर दमकबासीले पाउनेछन् । उनि निर्वाचनमा सक्रियता पूर्वक लागि पनि परे । धिमाल दमकको पहिलो नागरिक पनि भएकाले धिमालको प्रतिनिधित्वले प्रदेश सभामा पनि महत्व पाउने छ ।

महेन्द्रकुमारी सुब्बा

नेपाली काँग्रेसका नेतृ एवं निर्वतमान साँसद महेन्द्रकुमारी सुब्बा पनि साँसद बन्ने निश्चित नै रहेको छ । अहिलेसम्मको नतिजा अनुसार नै बन्दसूचिको क्रमले उनि साँसदको सूचिमा परिसकेकीछन् । उनि यसभन्दा अघि पनि समानुपातिक साँसद रहेकी थिइन् । सुब्बा प्रदेश सभा सदस्यमा नभइ प्रतिनिधि सभा सदस्यमा साँसद बन्ने भएकी हुन् । पहिलो संबिधानसभा निर्वाचमा ओलीबाट पराजित उनि दोश्रो संबिधानसभामा पनि समानुपातिकबाट साँसद बनेकी थिइन् ।

राम थापा

पार्टी इमान्दार भइदिएमा र कसैको नजर नलागेमा अब राप्रपाका सहमहामन्त्री राम थापा पनि प्रदेस सभा सदस्य बन्दैछन् । उनि पनि प्रदेश साँसदको रुपमा चुनिदैछन् । केन्द्रमा थ्रेस होल्ड कटाउन मुश्किल भए पनि प्रदेश नं. १ मा राप्रपाले थ्रेस होल्ड कटाएको छ । प्रदेशको समानुपातिक सूचिमा थापाको १ नम्बरमा नाम रहेको छ । महिला, आदिबासी, जनजातीबाट बन्दसूचि खोलेमा उनि पन्छनेछन् । तर यदि सिधै सूचि खोल्दा उनि १ नम्बरमा भएकाले उनको प्रदेश सभा सदस्य बन्ने बाटो खुला हुनेछ ।