प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकमा पनि नेकपा एमालेको अग्रता कायमै छ । ५ वटा प्रदेशमा एमाले अगाडि छ भने २ वटामा कांग्रेस अगाडि छ । १ नम्बर प्रदेशमा एमालेको अग्रता छ । १४ लाख ७९ हजार ४१७ मतगणना हुँदा एमालेले सबैभन्दा धेरै ५ लाख ७८ हजार ६१९ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ८५ हजार ३८८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादीलाई १ लाख ८४ हजार ५४९ मत खसेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फ २ नम्बर प्रदेशमा भने कांग्रेस समानुपातिकतर्फ भने अगाडि छ । १० लाख ६६ हजार २५३ मतगणना गर्दा २ नम्बर प्रदेशमा कांग्रेसले अन्य दललाई पछि पारेको हो । कांग्रेसका पक्षमा २ लाख ६४ हजार ९२७ मत खसेको छ । दोस्रो स्थानमा रहेको संघीय समाजवादी फोरम, नेपालले २ ला ८ हजार ३३६ मत पाएको छ । तेस्रो स्थानमा रहेको राजपाको पक्षमा २ लाख २ हजार ६६० मत खसेको छ । चौथो स्थानमा रहेको एमालेलाई १ लाख ७७ हजार ८५२ मत परेको छ । पाँचौँ स्थानमा रहेको माओवादी केन्द्रले १ लाख १५ हजार ६५५ मत पाएको छ । ३ नम्बर प्रदेशमा एमाले अगाडि छ । १५ लाख ५५ हजार ६६० मत गणना गर्दा एमालेको पक्षमा ५ लाख ५५ हजार ७८१ मत खसेको छ ।
दोस्रो स्थानमा कांग्रेस छ । उसले ४ लाख ६२ हजार ५ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ लाख ५६ हजार ४९७ मत पाएको छ । विवेकशील साझा चौथो स्थानमा छ । उसले १ लाख १ हजार ७७९ मत पाएको छ । प्रदेश नम्बर ४ मा पनि एमाले नै अगाडि छ । ८ लाख ८५ हजार ६२३ मत गणना गर्दा एमालेलाई ३ लाख ४० हजार ९६३ मत खसेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसका पक्षमा ३ लाख ३४ हजार ३९३ मत परेको छ । तेस्रो स्थामा रहेको माओवादी केन्द्रलाई १ लाख १४ हजार ७५८ मत खसेको छ ।
प्रदेश नम्बर ५ मा पनि एमालेले अरु दललाई पछि पारेको छ । १३ लाख ६७ हजार १९१ मत गणना हुँदा एमालेले ४ लाख ५९ हजार २६९ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ५० हजार ८५४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ लाख ९ हजार ८१७ मत प्राप्त गरेको छ । प्रदेश नम्बर ६ मा पनि एमाले नै अगाडि छ । ३ लाख ९९ हजार ७१३ मत गणना हुँदा एमालेले १ लाख ३७ हजार ७१ मत पाएको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेस छ । उसका पक्षमा १ लाख २७ हजार ८०४ मत खसेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९८ हजार १४४ मत पाएको छ ।
प्रदेश नम्बर ७ मा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । ६ लाख ४४ हजार ५१८ मत गणना हुँदासम्म नेपाली कांग्रेसले २ लाख ४८ हजार ४९७ मत पाएको छ । दोस्रो स्थानमा रहेको एमालेले २ लाख २२ हजार ९५३ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादीले १ लाख १३ हजार २८६ मत पाएको छ । १८ हजार ६८४ मतसहित राष्ट्रिय जनता पार्टी नेपालले चौथो स्थान ओगट्न सफल भएको छ ।










