नेकपा एमालेले समानुपातिकतर्फ २७ लाख ५ हजार ४६८ मत प्राप्त गरेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसको २६ लाख १५ हजार ४४८ मत रहेको छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब ८० लाख मतगणना भएको छ । नेकपा माओवादी केन्द्रको १० लाख ८३ हजार रहेको छ भने संघीय समाजवादी फोरम, नेपालले ३ लाख ७६ हजार मत प्राप्त गरेको छ ।
राजपा नेपालले ३ लाख १४ हजार ६१० मत प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले १ लाख ७८ हजार मत प्राप्त गरेको छ । राप्रपाले अहिलेसम्म १ लाख ७८ हजार मत प्राप्त गरेको छ । बाँकी दलले भने १ लाख पनि कटाउन सकेका छैनन् ।










