२८ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड पाँच लाखमध्ये करिब ८३ लाख ५३ हजार बढि मत गनिएको छ । करिब २२ लाख मत अझै गन्न बाँकी छ । काठमाडौंलगायत क्षेत्रको मत अहिले गणना भइरकेको छ । अहिलेसम्मको परिणाममा एमाले, काँग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले तीन प्रतिशत मत कटाएर राष्ट्रिय दलको कोटीमा परिसकेका छन् । छैठौं स्थानमा विवेकशील साझा रहेपनि प्रत्यक्षतर्फ निल खाएकाले राष्ट्रिय दल बन्ने उसको सम्भावना पहिल्यै समाप्त भएको छ । मतगणनाको उत्तरार्ध आउँदा उसले समानुपातिकको थ्रेसहोल्ड समेत नकाट्ने देखिएको छ । समानुपातिकमा विवेकशीलकै हाराहारीमा राप्रपाले मत ल्याएको छ । तर, दुई लाख पनि नपुगेको उसको मत बाँकी २५ लाख गन्दा कति थपिन्छ भन्न सकिने अवस्था छैन । जे होस् राप्रपा लाई थ्रेसहोल्ड कटाउन मुस्किल छ । हेर्नुहोस् कुल दललाई कति मत प्राप्त भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले –२८३५०६५ नेपाली काँग्रेस–२७४९६०५ माओवादी केन्द्र–११३८४७६ संघीय समाजवादी फोरम, नेपाल–४०३६४९ राष्ट्रिय जनता पार्टी नेपाल–३४९६५१ विवेकशील साझा पार्टी–१९०४८१
राष्ट्रिय प्रजातन्त्र पार्टी–१८४५१५ नयाँ शक्ति पार्टी, नेपाल–७३३९० राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)–६९९५० नेपाल मजदुर किसान पार्टी–५१६८६ अन्य–३०६५५९










