सिरहाको लहान नागपालिका सहिद चौकमा बम बिस्फोट भएको छ । लहान नगरपालिका भित्र रहेको लोगन्त्र चोक स्थित बम विष्फोट हुँदा एक गम्भीर घाइते भएका छन् ।
साइकलमा राखिएको बम बिस्फाेट हुँदा ठूलाे अावाज निस्किएकाे थियाे । उक्त स्थानमा नेपाल प्रहारी, सशस्त्र प्रहारीले २४ सै घण्टा चेक जाँच गरिरहेकाे हुन्छ । बिस्फाेटका कारणा पूर्व–पश्चिम राजमार्गअन्तर्गतका यातायात केहीबेर अवरुद्ध भएका थिए ।
साइकलमा राखिएको बम शक्तिशाली हुन सक्ने अनुमान गरिएको छ । विष्फोटबाट एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा सप्तरीको खड्क नगरपालिका २ बस्ने ४६ बर्ष प्रमेश्वर चौधरी छन् । उनकाे दाईहिने खुट्टा र दाहिने हात मा चोट लगेको छ ।
घाइतेलाई उपचारका लागि लहानको रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा उपचार भर्ना गरिएकाे इलाका प्रहरी कार्यालय लहानका प्रहरी उपनीरिक्षक नरेशराज सुबेदीले जानकारी दिए । घटनास्थलमा तरार्इंमा भूमिगत गिराेह चलाउँदै जयकृष्ण गोइतको पर्चा भेटिएको प्रहरीले जनाएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।










