प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको परिणाम अनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।
राति साढे ८ बजेसम्म २८ लाख ९५ हजार ८ सय ०६ मत, नेपाली कांग्रेसले २८ लाख १३ हजार ६ सय ८७, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार ७ सय ६९, संघीय समाजवादी फोरम नेपालले ४ लाख १२ हजार ३ सय ९० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ६६ हजार ३ सय ६५, र विवेकशील साझा पार्टीले १ लाख ९४ हजार ८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।










