झापामा लोकप्रिय मतमा झापा क्षेत्र नम्वर ४ का नवनिर्वाचित सांसद एलपी साँवा अगाडि देखिएका छन् । क्षेत्र नम्वर ४ का वडामा एमाले, माओवादी केन्द्र र राप्रपाका वडाध्यक्षका उम्मेद्वारले प्राप्त गरेको मत ३७ हजार आठसय १६ र कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले प्राप्त गरेको मत २२ हजार नौसय २३ मा १४ हजार आठसय ९३ मतको अन्तरले एमाले, माओवादी र राप्रपा गठबन्धन अगाडि थियो ।
तर, प्रतिनिधिसभाको निर्वाचनमा एमाले उम्मेद्वार सावाँले ४३ हजार पाँचसय १५ मत प्राप्त गरी विजयी भए भने नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेले २६ हजार आठसय २२ मत प्राप्त गरेका छन् । पहिले सो क्षेत्रमा रहेको अन्तरभन्दा एमाले उम्मेद्वार सावाँले १६ हजार छसय ९३ मतको अन्तर बढाएर लगेका छन् । प्रतिनिधिसभाको चुनावमा सावाँलाई लोकप्रिय मत एकहजार आठसय बृद्धि भएको छ ।
प्रदेशसभा तर्फ झापा क्षेत्र नम्वर ५ को प्रदेशसभा क्षेत्र नम्वर २ मा एमाले उम्मेद्वार अर्जुन राई पनि लोकप्रिय मतमा अगाडि छन् । स्थानीय तहको चुनावमा सो क्षेत्रमा १८ हजार छसय ६६ मतान्तरले राईको पक्षमा जनमत थियो । प्रदेशसभाको चुनावमा अर्जुन राई ३० हजार नौसय ७३ मत प्राप्त गरी विजयी बन्दा कांग्रेसका राजनबहादुर ढुङ्गानाले १० हजार नौसय ९३ मत प्राप्त गरे ।
राईको अन्तर १९ हजार नौसय ८० हुन पुग्यो । स्थानीय तहमा रहेको अन्तरभन्दा राईको पक्षमा अहिले एकहजार तीनसय १३ मतले अन्तर बढेको देखिएको छ ।
त्यस्तै झापा निर्वाचन क्षेत्र नम्वर ४ को प्रदेशसभा क्षेत्र नम्वर २ मा एमालेका उम्मेद्वार हिरा थापा पनि स्थानीय तहको मत विवरणभन्दा बढी पपुलर मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारले प्राप्त गरेको मत र कांग्रेसका वडाध्यक्षले प्राप्त गरेको मतमा नौ हजार तीनसय २१ मतको फरक थियो ।
यो चुनावमा थापाले २४ हजार नौसय एक मत प्राप्त गरी विजयी बन्दा कांग्रेस उम्मेद्वार उत्तम शर्मा सुवेदीले १४ हजार नौसय ६५ मत प्राप्त गरे । दुई उम्मेद्वारबीच नौहजार नौसय ३६ मतान्तरले अगाडि रहेका थापाले स्थानीय तहमा वडाध्यक्षले पाएको मत भन्दा छसय १५ पपुलर मत पाएका छन् ।
क्षेत्र नं. ५ ख
| अर्जुन राई | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 30973 | निर्वाचित |
| राजन बहादुर ढुंगाना | नेपाली काँग्रेस | 10993 | |
| सुशिल कुमार राई | संघीय समाजवादी फोरम नेपाल | 1626 | |
| चन्द्र बहादुर कन्दङवा | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च | 917 | |
| रुप नारायण न्यौपाने | नेपाल कम्युनिष्ट पार्टी (माले) | 832 | |
| निर्मल कटुवाल | विवेकशील साझा पार्टी | 777 | |
| जय कुमार राई | राष्ट्रिय जनमुक्ति पार्टी | 431 | |
| राजु खड्का | नयाँ शक्ति पार्टी नेपाल | 397 | |
| डम्बर बहादुर गुरुङ्ग | स्वतन्त्र | 7 |
क्षेत्र नं. ४
| लाल प्रसाद साँवा लिम्बू | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 43515 | निर्वाचित |
| देउ कुमार थेवे | नेपाली काँग्रेस | 26822 | |
| ज्ञान बहादुर इम्बुङ लिम्बु | संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च | 1132 | |
| तुलसीराज उप्रेती | विवेकशील साझा पार्टी | 665 | |
| लाहान सिं तुम्बापो | संघीय समाजवादी फोरम नेपाल | 472 | |
| तेज बहादुर थापा | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) | 332 | |
| अर्जुन देव सेर्मा | राष्ट्रिय जनमुक्ति पार्टी | 288 | |
| हरीभक्त संग्रौला | देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल | 151 | |
| रुद्र बहादुर राई | मंगोल नेशनल अर्गनाइजेसन | 94 | |
| सुभाष अधिकारी | ग्रीन पार्टी नेपाल | 90 | |
| एज्ञ बहादुर खड्का | स्वतन्त्र | 37 | |
| पर्शुराम काफले | स्वतन्त्र | 18 | |
| डिल्ली प्रसाद कट्टेल | स्वतन्त्र | 13 |










