राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले नेपाली काङग्रेसलाई कडा चेतावनी दिएका छन् । उनले
जनकपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता महतोले जनतालाई झुटो मुद्दा लगाउने लगायतका धम्की नदिन काङ्ग्रेसलाई चेतावनी दिएका हुन् ।
मधेशमा जालझेल, षड्यन्त्र र धम्कीको राजनीति गरिरहेको आरोप महतोले लगाएका छन् ।
स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबार जनकपुरमा महतोले भने काङ्ग्रेसले निर्वाचनयता जनकपुरमा जनतालाई झुटा मुद्दा लगाउने लगायतका धम्कीको राजनीतिक गरिरहेको भन्दै तत्काल त्यस्ता गतिविधि छाडेर स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि आग्रह गरे ।
झुटको राजनीति टिकाउ नहुने नेता महतको भनाई छ । नेता महतोले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बन्नबाट कसैले पनि रोक्न नसक्ने दावी समेत गरे ।










