नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी उम्मेदवार प्रकाशमान सिंहले पार्टी पराजयको जिम्मेवारी शेर बहादुर देउवाले लिनुपर्ने बताएका छन् ।
नेता सिंहले घुमाउरो पारामा भने विकसित देशमा चुनावमा पार्टी पराजय भने नेतृत्वले राजीनामा दिने प्रचलन रहेको छ । कांग्रेस पराजयको कारण पार्टी नेतृत्व भएको भन्दै नेता सिंहले देउवाले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका थिए ।
नेता सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताए । भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट सांसद बनेका नेता सिंहले मुलुक निर्माण गर्नका लागि राजनीतिमा लागेको व्यक्ति आफू भएको भन्दै काठमाडौँ क्षेत्र नं १ को विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । TVannpurna बाट साभार









