दमक/राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको आयोजना र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय बिराटनगरको आयोजनामा शुक्रबार बिर्तामोडमा संबिधान कार्यान्वयनमा मानवअधिकार र यसका चुनौतीहरु बिषयक एक दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रममा मानव अधिकारकर्मी एवं प्राध्यापक कपिल श्रेष्ठ र राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रिय कार्यालय बिराटनगरका मानव अधिकार अधिकृत स्नतोष आचार्यले सहजिकरण गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

६९ औ विश्व मानव अधिकार दिवसको अवसरमा बिभिन्न क्षेत्रका सहभागिहरु सम्मिलित गराइ प्रशिक्षण कार्यक्रम राखिएको प्रतिष्ठानका अध्यक्ष डा. नविन चापागाइले बताए ।

प्रतिष्ठानका जिल्ला सह सचिब चैतन्य बरालका अनुसार प्रशिक्षणमा स्थानीय तहका जनप्रतिनिधि, मानव अधिकारकर्मी, प्राध्यापक, बिद्यार्थी, सञ्चारकर्मी लगायत ४० भन्दा बढिको सहभागिता रहेको थियो ।