बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा अहिले शुक्रबार साँझ भएको सवारी दूर्घटनामा एकजनाको ज्यान गएको छ भने एकजना गम्भिर घाइते भएकाछन् ।
दमकको रतुवा पुलमा भएको दूर्घटनामा झापाको कमल गाँउपालिका १ सरङपाडका २९ बर्षिय दिनेश पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
कमल गाँउपालिका ५ रतुवा पूलमा पूर्वबाट पश्चिम आउदै गरेको को १ ख३३११ नम्बरको बसले सोहि दिशा गइरहेको मे ७ प ३८८२ नम्बरको मोटरसाइकल दूर्घटना भएको हो ।
दूर्घटनामा घाइते भएका मोटरसाइकल चालक पोखरेलको दमक स्थिल लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।
मोटरसाइकलमा सवार रहेका सन्तोष दाहाल गम्भिर घाइते भएकाछन् । उनको खुट्टा भाँचिनुको साथै शरिरका बिभिन्न भागहरुमा चोटपटक लागेको जनाईएको छ । बस र बसचालक प्रहरी नियण्त्रणमा रहेको जनाइन्छ ।










