मोरङको कानेपोखरी गाउँपालिका ४ धनुपुवा चोकमा स्कुटर दुर्घटना हुँदा स्थानीय ४० वर्षीय विजय लिम्बुको मृत्यु भएको छ।

को १५ प ८५४८ नम्बरको स्कुटर शुक्रबार बेलुकी सवा ७ बजे दुर्घटनामा परेको थियो। गम्भीर घाइते भएका चालक लिम्बुको उपचारकै क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछाडि सवार बेलबारी नगरपालिका ८ का नरबहादुर थापा भने गम्भीर घाइते भएका छन्। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।