झापाको छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।बाह्रदर्शी गाउँपालिका ३ स्थित चकचकी बजारमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।सोही गाँउपालिका निवासी १७ बर्षीय सोनु गणेशको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटना परी गम्भीर घाईते भएका गणेशलाई उपचारका लागी बिर्तामोड लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । चकचकी बजारबाट घरतर्फ जाँदै गरेको मे ४ प ४३९६ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई कल्भर्टमा ठोकदा दुर्घटना भएको थियो । यता कमल गाउँपालिका ५ स्थित रतुवा पुलमा मोटरसाईकल याुत्रबाहक बससंग ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ३३११ नम्बरको बसमा सोही दिशाबाट आउँदै गरेको मे ७ प ३८८३ नम्बरको मोटरसाईकल ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते भएका कमल गाउँपालिका १ सरङपाडा निवासी २९ बर्षिय दिनेश पोख्रेलको दमकस्थित लाईफलाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सोही मोटरसाईकलमा सवार सोही ठाँउका २५ बर्षीय सन्तोष दाहाल दमकमा उपचार भईरहेको छ। दुर्घटना पश्चात बस र चालकलाई दमक प्रहरीले नियन्त्रणमा राखिएको छ।

त्यसैगरी शिबसताक्षी नगरपालिका ८ स्थित झिलझिलेमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा अन्तरगत पश्चिमतर्फ आउँदै गरेको मे ९ प २६२९ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ शिबसताक्षी ८ झिलझिले निवासी ६० बर्षीय बालकृष्ण प्रधानको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका प्रधानको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।