दमक/झापाको दमक जेसिजको नयाँ नेतृत्व राष्ट्रिय महाअधिवेसनपछि हुने भएकोछ । पुषको दोश्रो साता हुने महाअधिवेसनपछि आएर दमक जेसिजको नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

दमक जेसिजको अध्यक्षमा प्रमुख रुपमा २ जनाको दाबेदारी रहेको छ । अन्य दाबेदारहरु समेत रहेकाछन् । बर्तमान महासचिब चन्द्र खत्री र पूर्व महासचिब बद्रि बराल अहिले आफू बन्नका लागि दौडधुप गरिरहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भीमराज केसी, गोपाल गुरागाइ, बिमल नेपाल, सुयोग खरेल लगायतका पनि दाबेदारी रहेको छ । तर अन्तिममा दूइजनाबीच नै प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको एक जेसिज सदस्यले बताए ।

दूइजना मध्येबाट एकजनालाई सर्वसम्मत बनाउने प्रयास हुने र नभए दूइजनाबीच चुनाव हुने अवस्था देखिएको बताइन्छ । खत्री र बराल दुबैले आफूहरु नछाड्ने बताइ सकेकाछन् ।