काठमाडौं, २ पुस—समानुपातिक निर्वाच्न प्रणालीतर्फको मतगणना करीब—करीब सकिएको छ । कान्तिपुर दैनिक लेख्छ—

दलहरुले प्राप्त गरेको मतअनुसार एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, संघीय समाजवादी फोरमले ६ र राजपाले पनि ६ सिट पाउने सम्भावना रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मतपरिणाम अनुसार कांग्रेसले पहिलो पार्टी बनेको एमालेकै हाराहारीमा समानुपातिक मत ल्याएको छ । एमालेले ३३.२६ प्रतिशत मत ल्याउँदा कांग्रेसले ३२.७४ मत ल्याएको छ ।

हालसम्म ९५ लाख ३ हजार ६ सय १८ मत गनिसकिएको  निर्वाचन आयोगले जनाएको छ ।