समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ ।

दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी पाँच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुनअनुसार ती दलले मात्रै समानुपातिकबाट सिट पाउनेछन् । आयोगले ‘सेन्टलग’ विधिबाट दलहरूले पाउने सिट निर्धारण गर्नेछ । ३ प्रतिशतभन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन । समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । ४४ दलले ३ प्रतिशतभन्दा कम मत पाए ।

प्रतिनिधिसभामा १ सिट मात्र हुने दल

१. राष्ट्रिय प्रजातन्त्र पार्टी

२. नयाँ शक्ति

३. राष्ट्रिय जनमोर्चा

४. नेमकिपा

प्रदेशसभाका लागि समानुपातिकबाट कुन दलले कति सिट पाउँदैछन् ?

प्रदेश १

एमाले १५

कांग्रेस १३

माओवादी ५

फोरम २

राप्रपा १

सं.लो.रा.मञ्च १

कुल ३७

प्रदेश २

कांग्रेस ११

राजपा १०

फोरम ९

एमाले ७

माओवादी ५

ने.सं.स. पार्टी १

कुल ४३

प्रदेश ३

एमाले १६

कांग्रेस १४

माओवादी ८

विवेकशील ३

राप्रपा १

राप्रपा (प्र) १

नेमकिपा १

कुल ४४

प्रदेश ४

एमाले १०

कांग्रेस ९

माओवादी ३

नयाा शक्ति १

राजमो १

कुल २४

प्रदेश ५

एमाले १३

कांग्रेस १२

माओवादी ६

फोरम २

राजपा १

राजमो १

कुल ३५

प्रदेश ६

एमाले ६

कांग्रेस ५

माओवादी ४

राप्रपा १

कुल १६

प्रदेश ७

कांग्रेस ८

एमाले ८

माओवादी ४

राजपा १

कुल २१