झापा क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एक मात्र सांसद हुन् ।

उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि भाबुक बनेका लिङ्देन मञ्चमै भक्कानीए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् । उनलाई बधाई दिन उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापा झापा पुगेका थिए ।

विर्तामोडको अग्रसेन भवनमा आयोजित कार्यक्रममा बधाई तथा सम्मानपत्र लिएपछि बोल्न ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए ।

उनी भावु्क बनेपछि हलमा उपस्थित धेरै नेता तथा कार्यकर्ताले पनि आँशु थाम्न सकेनन् । अवरुद्ध गलामा बोलेका उनले कमल थापालाई ‘देशले बुझ्न नसकेको नेता’को संज्ञा दिए ।

कार्यक्रममा पार्टी अध्यक्ष थापालाई लिङदेनले बर्तमान युगको भीमसेन थापाको सज्ञा दिए । -नयाँ पत्रिका दैनिकबाट