वाम गठबन्धनको सरकार बनिसकेपछि नेपाल प्रहरीको महानिरीक्षक फेरिएलान् कि अहिलेकै कायम रहलान् भन्नेबारेमा के होला भन्ने जिज्ञासा सर्वत्र छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले नेपाल प्रहरीमा अन्यायपूर्वक आईजीपी हुनबाट वञ्चयक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले नेपाल प्रहरीमा अन्यायपूर्वक आईजीपी हुनबाट वञ्चित गराइएका नवराज सिलवाललाई गृहमन्त्री बनाउने घोषणा गरेका थिए । नवराज सिलवालले चुनाव जितिसकेका छन् ।
सिलवालले चुनाव जितिसकेपछि काकताली परेर आईजीपी भएका प्रकाश अर्यालको मुुटुमा ढ्यांग्रो बज्न थालेको छ । ओलीले बोलेअनुसार फ्याट्ट सिलवाललाई गृहमन्त्री बनाए भने प्रकाश अर्यालका अगाडि नैतिक प्रश्न खडा हुनेछ । ओलीले सार्वजनिक रुपमा भाषण गरे पनि सिलवाललाई गृहमन्त्री नबनाउने अपेक्षा उनीहरुले गरेका छन् । सिलवाल गृहमन्त्री भएको खण्डमा प्रकाश अर्यालले राजीनामा नदिए पनि उनलाई राख्दै राख्दैनन्, हटाउनेछन् भन्ने एकथरी प्रहरीका उच्च अधिकारीहरु छन् । तर ४ महिनापछि २०७४ चैतमा अवकाश हुने भएकाले अर्यालले आईजीपीबाट राजीनामा दिने तर्क पनि कतिपयको छ ।
केपी शर्मा ओलीले २०७४ असोज २० गते सिलवाललाई एमालेमा प्रवेश गराएर ललितपुर १ बाट प्रतिनिधिसभामा टिकट दिई जिताएर गृहमन्त्री बनाउने प्रतिबद्धता जनाएका थिए भने २०७४ मंसिर १८ गतेको चापागाउँको अन्तिम चुनावी सभामा शेरबहादुर देउवाले सिलवाललाई अन्याय गरे तर उनी डीआईजीभन्दा दुई तीन तह माथिकाले स्यालुट गर्ने ठाउँमा पुग्दै छन् भनेर गृहमन्त्री बनाउने संकेत गरेका थिए । सिलवाल हराउन प्रहरीका दुई डीएसपी भूपेन्द्र खत्री र सविन प्रधानसहितको कमाण्डो टोली खटाएका आईजीपी अर्याल र एआईजी जयबहादुर चन्द जनताले जिताएपछि त्रसित भएका छन् ।
सिलवाल नेपाल सरकारको डीआईजीबाट राजनीमा दिएर राजनीतिमा होमिई केन्द्रीय सांसदमा निर्वाचित भएर नीति निर्माणको तहमा पुगिसकेका छन् । आईजीपी अर्याल र चन्दको अहिले नै सिलवाललाई स्यालुट गर्नुपर्छ । सांसदमात्र हुँदा उनलाई स्यालुट नगर्दा पनि फरक पर्दैन तर, गृहमन्त्री नै भए भने त गर्नैपर्छ । अब अर्यालले सिलवाल गृहमन्त्री भएपछि स्यालुट गर्लान् कि राजीनामा देलान् ? यसका लागि कम्तीमा १ महिना प्रतीक्षा गर्नुपर्नेछ ।
(२०७४ मङ्सिर २५ गतेको साँघु साप्ताहिकबाट)










