शुक्रबार सिंहदरबारभित्र पार्किङ्ग गरी राखिएको गाडी शनिबार चाेरी भएको छ ।

उक्त गाडीको टायर त्यहीको कर्मचारीले नै चोरी गरेको खुलासा भएको छ। चोरी भएका टायर बरामद गरी चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरी अनुसन्धान अघि बढाइएको छ। चोरी भएका चारैवटा टायर प्रहरीले शंखमूलस्थित बाराही टायर सेन्टरबाट बरामद गरेको छ। सिसिटिभीको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘चोरी भएका चारै वटा टायर ग्यारेजमा भेटिसकेका छौं’, सिंहदरबारस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीले भने, ‘चोरी गर्ने व्यक्ति पनि पत्ता लागिसकेको छ, पक्राउ गर्ने क्रममा छौं।’

चोरी गर्ने व्यक्ति सिंहदरबारभित्रै काम गर्ने चालक भएको अनुसन्धानमा खुलेको छ।

स्थानीय विकास मन्त्रालयको परिसरमा रहेको टोयोटा हाइलक्स गाडीको चार वटै टायर चोरी भएका हुन्।

डिएसपी जोशीका अनुसार, शनिबार साँझ टायर चोरी गरेको र आइतबार बिहान लगेर ग्यारेजमा बिक्री गरेको खुलेको छ। ग्यारेजका सञ्चालकलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ।

सिंहदरबारमा विगतमा पनि पटक(पटक चोरी हुँदै आएको छ। पाँच वर्षअघि एक उपसचिव नै सिंहदरबारभित्र चोरीको आरोपमा कारबाहीमा परेका थिए।