दमक/उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुन एक साता लामो उपचारपछि अस्पत्तालबाट डिस्चार्ज भएका छन् ।

मंसिर २४ गते रोल्पाबाट विजय जुलुस सकेर काठमाडौं फर्किने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटना हुँदा टाँउकोमा चोट लागि घाइेत भएका पुनको राजधानीको ग्राण्डि अस्पतालमा उपचार भइरहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन दिन आइसियुमा राखेर उपचार गरे पश्चात उनलाई मंसिर २७ गते अस्पतालको आइसियुबाट बाहिर वार्डमा सारिएको थियो । उपचार सकिएपछि आइतबार उनलाई डिस्चार्ज गरिएको हो ।