साविक लखनपुर हाल कमल गाँउपालिका–६ स्थित वाणी माध्यमिक विद्यालयको आइतबारदेखि ५२ औ बार्षिकत्सव शुरु भएको छ । पुस ४ गतेसम्म चल्ने बार्षिकत्सवको आइतबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य अर्जुन राईले उद्घाटन गरे ।
बार्षिकत्सव कार्यक्रमका प्रचार उपसमितिका संयोजक भीमप्रसाद सापकोटाका अनुसार पहिलो दिन उद्घाटनसंगै विद्यार्थीहरुवीच फूटबल ,भाले जुधाई खेल सम्पन्न गरिएका छन् ।
बार्षिकत्सव अन्तर्गतको आईतबार भने हाजिरीजवाफ,नृत्य प्रतियोगिता,अभिभावकहरुवीच कुर्सी दौड, हण्डिफुटाउने प्रतियोगिता सञ्चालन भएको छ ।
त्यसैगरि समापनका दिन विद्यालयले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु,पूर्व प्रअहरु,दिर्घ सेवा गर्ने शिक्षकहरु,उच्च मावि सञ्चालनका लागि सहयोग पु¥याँउने दाताहरुलाई समेत सम्मान गरिने कार्यक्रम रहेको प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्नी भट्टराईको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।










