https://youtu.be/XK01HAsCMwo
राष्ट्रियसभा गठन पहिले कि सरकार गठन पहिले भन्ने विषयमा कानुनमन्त्री र कानुनविद्बिचमा विवाद भएको छ । हिमालय टिभिको एक बहसमा दूइजनाबीच चर्काचर्की भएको छ । कानुनमन्त्री यज्ञबहादुर थापा र कानुनविद टिकाराम भट्टराईबिच सरकार गठन र राष्ट्रिय सभाका बारेमा कडा तर्क गरेका थिए ।
भट्टराईले सरकार गठन गर्ने प्रतिनिधिसभा र राष्ट्रिसभाबिच कुनै सरोकार नरहने जिकिर गरेका थिए । तर मन्त्री थापाले भने नयाँ सरकार गठनका लागि राष्ट्रियसभा पहिला गठन हुन आवश्यक रहेको कानुनी व्यवस्थाका बारमा जानकारी गराउने प्रयास गरेका थिए ।
तर भट्टराईले प्रतिवाद गर्दै कुनै पनि हालतमा राष्ट्रियसभा र सरकार गठनबिचमा सम्बन्ध नरहेन पुष्टी गर्ने प्रयास गरे । कानूनमन्त्री तर्क गर्न नसकेर निरिह भएका थिए । हेर्नुहोस भिडियो ।










