प्रदेश सभाको पहिलो बैठक बस्नको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको शैक्षिक हल उर्पयुक्त रहेको भन्दै धरानका नेताहरुले प्रचार तिब्र बनाएका छन् । एमाले जिल्ला कमिटि सदस्य मुरारी सुवेदीले आइतबार बेलुकी आफ्नो फेसबुकमा विपिको भवन सबै भन्दा उपर्युक्त भएको भन्दै फेसबुक स्टाटस लेखेका छन् ।

त्यस्तै गरी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धरान नगर संयोजक चोत्लुङले १ नं. प्रदेशको पहिलो बैठक बस्न सबैभन्दा उपर्युक्त सभाहल धरानस्थित विपिको हाता भित्र रहेको पुनर्स्थापना हल भएको भन्दैे आफ्नो फेसबुकमा तस्बिर सहित पोष्ट गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुवेदीले प्रदेशको पहिलो बैठक बस्न हल सबै प्रकारबाट उपर्युक्त रहेको ठहर गरेका छन्र । उनले हलको भौतिक पूर्वाधारदेखि सुरक्षा, मोर्डन टेक्नोलोजि उपलब्ध भएको, एसी जडान भएको साथै हल तत्काल रूपमा प्रदेशको बैठक बस्न उपर्युक्त भएको बताए । त्यस्तै गरी माओवादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुङले प्रदेशको सचिवालय राख्ने भवनदेखि सबै सुविधा एकैठाँउमा उपलब्ध भएको बताए ।

आवासिय सुविधाका लागी हल नजिकै १२ वटा भिआइपी गेष्ट हाउस रहेको (निर्वाणा कन्ट्र क्लबले प्रयोग गरीरहेको) साथै विपि प्रतिष्ठानलाई समेत कुनै डिस्टर्व नगरी पुर्वी गेटको प्रयोग गर्न मिल्ने साथै विपिको समेत बाहिरी घेरामा पर्ने भएकोले सबैभन्दा उपर्युक्त भएको दाबी गरे ।