झापाको विर्तामोडमा सवारी दुर्घटनमा परी एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे.४ प. २८१५ नम्बरको मोटरसाइकलले पैदलयात्री भारत सीतामडीका १८ वर्षीय मोहमद नेबुलाई ठक्कर दिएको थियो ।
ठक्करपछि अनियन्त्रित मोटरसाइकललाई विपरीत दिशाबाट आएको कारले किच्दा मोटरसाइकल चालक बिर्तामोड २ का २६ वर्षीय वासुदेव अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएर कार फरार भएकाले खोजी तीव्र पारिएको प्रहरीले बताएको छ । घाइते नेबुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।










