झापाको काकँडभिट्टामा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । झापाको मेचीनगरस्थित मेची पुल सोमबार दिउँसो ३ बजे भारतीय मालबाहक ट्रकको ठक्करबाट अर्जुनधारा नगरपालिका १ निवासी १८ बर्षीय मनोज भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको एनएल ०५ बी ४०१३ नम्बरको भारतीय मालबाहक ट्रकले सोही दिशातर्फ आइरहेको मे २ प १७८१ नम्बरको मोटरसाईकलमा सवार भुजेललाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता प्रहरीले भारतीय ट्रक र चालकलाई नियन्त्रणा लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड