दमक/बिभिन्न लफडा र बिबादका कारण नगर परिषद नभएको गौरादह नगरपालिको नगर परिषदको टुंगो लागेको छ । सोमबार बसेको नगर कार्यापालिकाको बैठकले पुस २० र २१ गते दूइ दिन नगर परिषद गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार नगर परिषद भब्यताका साथ सम्पन्न गर्ने निर्णय भएको हो । सर्वसम्मत रुपमा मिति तय भएको समेत उनले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ प्रमुख आतिथि र प्रदेश साँसद हिक्मत कार्कीलाइ बिशेष अतिथिको रुपमा बोलाउने निर्णय भएको उनले जनाए । अब तत्कालै निमण्त्रणा पठाइने समेत उनको भनाइ रहेको छ ।

निर्वाचन लगायतका कारणले परिषद हुन सकेको थिएन ।नगरप्रमुख काँग्रेसका रोहितकुमार शाह जितेको गौरादह नगरपालिकामा कार्यापालिकामा एमालेको बहुमत रहेको छ ।