दमक/झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाइ शिवसतासी नगरपालिकाले सम्मान गरेको छ । सोमबार नगरपालिकाले हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित एलपि सावा लिम्बु र प्रदेशसभा ४ (क) बाट निर्वासचत झलकसिहं दर्लामी र ४ (ख) बाट निर्वाचित हिरा थापालाई सम्मान गरेको हो ।
नगरपालिकाका प्रमुख चन्द्रकुमार शर्मा, उपप्रमुख भोजकुमारी नेपाल, वडाध्यक्ष तथा वडासदस्यस्यहरुले संयुक्त रुपमा नगरपालिकाको तर्फबाट साँसदहरु सम्मानित बनेका हुन् । दोसल्ला ओडाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको थियोे ।
सो अवसरमा स्थानीय समस्याहरुको बिषयमा सरोकारवाला निकायहरुसंग छलफल समेत भएको बताइएको छ । छलफलमा विद्युत प्राधिकरण दमकका प्रमुख राजिव सिहंले बिधूत समस्या सामधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताएका थिए ।










