दमक/नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य हिक्मत कार्कीले बिरानगर बिमानस्थलको स्तर उन्नतीसंगै झापाको भद्रपुर बिमानस्थल पनि स्तरउन्नती हुने बताएकाछन् ।
प्रदेश सरकारले यसलाइ प्राथमिकताका सूचिमा राख्ने बताउदै यसलाइ क्षेत्रिय बिमानस्थलको रुपमा बिकास गर्ने आफूहरुको सोच रहेको बताए । झापाको दमकमा पत्रकारहरुसंगको भेटघाटमा उनले बिहानदेखि साँझसम्म नै उडानको ब्यवस्था मिलाइने जनाए ।
अहिले यहाँ केहि सिमित उडानहरुमात्र हुँदै आएकाछन् । क्षेत्रिय बिमानस्थल बनिसकेपछि उडानहरु थपिनका साथै पहाडि जिल्लाहरुमा समेत यहाँबाट उडान हुने उनको भनाइ रहेको छ ।
बिराटनगर बिमानस्थलको स्तरउन्नतीको काम भने शुरु भइसकेको छ । झापाको भद्रपुरको बिमानस्थल भने सधै आझेलमा रहदै आएको छ । अब प्रदेश सरकार बनेपछि यसलाइ क्षेत्रिय बिमानस्थल बनाएर नै छाड्ने काकीको प्रतिबद्धता रहेको छ ।










