नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अशल शासक भएको भन्दै उनको प्रशंसा गरेका छन् ।

रायले ओलीको भारतसँग निकै पुरानो सम्बन्ध भएको बताउँदै आगामी दिनमा नेपाल भारतबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक भारतीय सञ्चार माध्यमसँगको अन्तरवार्तामा पूर्वराजदूत रायले भारतसँगको सम्बन्धलाई सुदृढ पार्नका लागि नयाँ सरकारले प्रशस्तै प्रयासहरु गर्नेछ भन्ने विश्वास लिएको बताएका छन् । नेपाल र भारत एक अर्काका लागि उत्तिकै महत्वपूर्ण भएकाले दुई देशबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको उनले बताए ।

भारतले नेपालमा स्थिरता चाहेको भन्दै रायले अब बन्ने सरकार सबै पक्षलाई समेटेर अघि बढ्न आवश्यक रहेको बताए ।

रायले भारतले कम्युनिष्ट गठबन्धन भर्खरैको निर्वाचनमा पहिलो हुने कुराको अपेक्षा गरेको भएपनि अत्याधिक बहुमतसहितको विजय भने भारतका लागि अनपेक्षित रहेको खुलाए । रायले अन्तरवार्तामा पछिल्लो समय चीन नेपालमा सक्रिय भएको पनि टिप्पणी गरेका छन् ।

भारत र चीन दुबैले नेपालमा बाह्य शक्तिको बढ्दो उपस्थिति तथा संलग्नता नचाहेको रायको भनाइ छ ।

https://youtu.be/mRHbX-O-ckE