नेपाली कांग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्न प्रस्ताव गरेको पाइएको छ ।

एमालेसँग पार्टी एकता गर्ने प्रक्रियास्वरुप चुनावमा तालमेल गरेको माओवादीलाई कांग्रेसले फकाउने प्रयास गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुनावपछिको भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई आगामी पाँच वर्षका लागि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताएका थिए । तर दाहालले भने एमालेसँग पार्टी एकताको नै प्रक्रिया अगाडि बढेको भन्दै देउवाको प्रस्ताव अस्विकार गरेका थिए ।

देउवाले प्रचण्डलाई भने, “तपाई निर्णायक शक्ति हुनुभयो, तपाई चाहने हो भने प्रधानमन्त्रीमा तपाईलाई कांग्रेसले सहयोग गर्छ ।” स्रोतको दाबी छ ।

देउवाले पाँच वर्षका लागि प्रधानमन्त्रीसहित सभामुख र राष्ट्रपतिसमेत माओवादीलाई नै दिने प्रस्ताव गरेको बताइएको छ । तर दाहालले अहिले गठबन्धनबाट

पछाडि हट्न मिल्दैन, पार्टी एकताका आधारमा चुनाव लडेका हौँ भनि प्रस्ताव अस्विकार गरेका थिए ।

सोमबारको माओवादी बैठकमा पनि दाहालले यसबारे जानकारी गराएका थिए ।