नेकपा एमाले र माओवादी केन्द्रले यसपटकको ठुलो दल हुने भएपछि सरकारबाट हटनका लागि दवाव दिइरहेको बेला सरकारले एमाले र माओवादीलाई औपचारिक जवाफ दिएको छ । सरकारका तर्फबाट औपचारिक जवाफ दिनका लागि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले मंगलवार पत्रकार सम्मेलन गरेका छन् ।

सरकारले मंगलबार दिउँसो २ बजे सञ्चार मन्त्रालयमा यसबारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो कम्युनिष्ट गठबन्धनले निर्वाचनमा बहुमत ल्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर नयाँ सरकारका लागि सहजीकरण गर्न पत्रकार सम्मेलन नै आयोजना गरेपछि सरकारले पनि आफ्नो धारणा राख्न थालेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत आइतबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले देउवालाई गतिरोध नगर्न सुझाव दिएका थिए । तर सरकारले राष्ट्रिय सभा अध्यादेश राष्ट्रपतिले रोकेको भन्दै आपत्ति जनाएको छ ।

देउवा सरकारले राष्ट्रिय सभाको निर्वाचन पनि यही सरकारले गराउनु पर्ने अडान राख्दै आएको छ । राष्ट्रपछि विद्यादेवी भण्डारीले पाँच हप्ताअघि नै सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश रोकेकी छिन् ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुनुअघि नै पेश परेको अध्यादेश रोक्नुलाई सरकारले गम्भीर रुपमा लिएको छ ।