दमक/झापाको दमकमा आउदो पुस २७ गतेदेखि माघ ८ गतेसम्म लाग्ने प्रदेश स्तरीय औधोगिक ब्यापार एवं कृषि पर्यटन महोत्सवको तयारी तिब्र बनाईएको छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले यो महोत्सव महोत्सवमात्र नभएर दमकको नयाँ चिनारी बनाउने ध्याउन्नेमा आफूहरु लागेको जनाए । दमकमा बन्ने भनिएको बुद्धमूर्ति, औधोगिक पार्क, भ्यू टावर जस्ता योजनाले दमक चर्चित बनेको जनाउदै यसको पनि चर्चा महोत्सज हुने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्यवसायिक हित कोषको बृद्धि र इलम प्रशिक्षण केन्द्र ब्यवस्थित गर्ने उदेश्यसंगै दमकको औधोगिक पहिचानलाइ यसले बिस्तार गर्ने उनले बताए । दमकको रतुवाको किनारमा महोत्सव ब्यवस्थापनको तयारी भइरहेको छ ।

उनले यो पटक हिसावकिताव समेत पारदर्शी हुने जनाउदै यो पटक हुने दमक महोत्सवलाइ नमूना मात्र नभएर दमकको चिनारी बनाउने आफूहरुको लक्ष्य रहेको जानकारी दिए ।

महोत्सव ब्यवस्थापन समितिका संयोजक राजन दंगालले करिब २ सय वटा स्टलहरु रहनेछन् । सास्कृतिक तथा मौलिक पहिचान बोकेका स्टलहरु निशुल्क उपलब्ध गराउने दंगालले जनाए ।

उनले महोत्सवलाइ ब्यवस्थित र सम्झन लायक बनाउनका लागि हदैसम्मका प्रयास र कसरतहरु भइरहेको उनले जानकारी दिए । ९ बर्षपछि बाणिज्य संघले महोत्सवलाइ निरन्तरता दिएको हो ।

बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले महोत्सवमा यो बर्ष मदिरा निषेध गरिएको जनाए । यो पटक प्रमुख प्रायोजक समेत मदिरा तथा मदिराका उद्योगहरुलाइ नबनाइएको बताए ।

महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं प्रथम उपाध्यक्ष गोपाल गुरागाइले महोत्सवलाइ सफल बनाउन सबैको भूमिका महत्वपूर्ण हुने भन्दै यसमा सबैको साथ रहने विश्वास ब्यक्त गरे ।

दितिय उपाध्यक्ष युवराज घिमिरेले महोत्सवलाइ सफल बनाउन र महोत्सवलाइ निरन्तरता दिने अवस्था सिर्जना गर्न सबै पक्ष तथा सरोकारवालाहरुसंग छलफल भइरहेको पनि जानकारी दिए ।