वीरगञ्जको पटेलनगरस्थित ग्याँस उद्योगमा आगालागी हुँदा चार जनाको मृत्यु भएको छ । एकजना भने अझै संपर्कविहिन भएका छन् । उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाबाट गएको एउटा दमकल समेत जलेको छ।

दमकल जल्दा कर्मचारी सविन नेपाल घाइते भएका छन्। ग्यास उद्योगको आगलागी फैलिने क्रममा नियन्त्रणबाहिर गएको छ। उद्योगमा भरेर राखेका सयौं ग्यास सिलिण्डर पड्किरहेकाले अग्नि नियन्त्रकहरु समेत नजिक जान सकेका छैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरी अग्नि नियन्त्रकहरुले आगो लागेको स्थानभन्दा २–३ सय मिटर परै बाट निभाउने प्रयास गरे पनि स्थित अनियन्त्रित रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए।

ग्यासमा लागेको आगो नियन्त्रण गर्ने प्रविधि नेपालमा नरहेको र भारतको रक्सौलबाट प्रविधि सहितको टोली स्थानिय प्रसाशनले झिकाउने कार्य भइरहेको आगो नियन्त्रणका लागि खटिएका नेपाली सेनाको चण्डीप्रसाद गण वीरगञ्जका क्याप्टेन भोगेन्द्रकुमार घलेले बताए।