वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको भिषण आगलागी नियन्त्रण वाहिर छ । आगो निभाउन गएको वीरगञ्ज महानगरपालिकाको दमकल जलेको छ । आगो निभाउनका लागि सेना, प्रहरी, शसस्त्र प्रहरी समेत परिचालन गरिएएको छ ।
आगलागीमा परि कम्तीमा पाँच जनाको मृत्यु भएको शंका गरिएको छ । यद्यपी यसको पुष्टि हुन वाँकी छ । ग्यास उद्योगका फोरम्यान वर्ष ४० का अम्बिका पटेल, वीरगञ्ज महानगरपालिकाको दमकल चालक बर्ष ३५ का सन्दिप नेपाल र चालक अरुण महत्तो घाईते भएका छन् । घाईते तिनै जनाको गण्डक अस्पतलमा उपचार भईरहेको छ ।
दमकलका फाएर म्यान मधुसुधन मिश्र र चालक यादव अधिकारी हराई रहेको बताइएको छ । आगलागी भएको स्थान नजिक दुई जना पुरुष ब्यक्तिको शव फेला परेकोछ भने पहिचान हुन बाँकी छ ।
आगो निभाउन नेपाली सेनाको चण्डीप्रसाद गण, सशस्त्र प्रहरी र प्रहरीको टोलीले प्रयास गरिरहेको छ ।
आगो निभाउन भारतबाट पनि दमकल मगाइएको छ । उद्योगभित्र कति मानिस थिए र के कारणले आगो लाग्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
ग्यास सिलिण्डर पड्किरहेकाले आगो नियन्त्रणमा समस्या भएको छ । स्थानीय त्रसित बनेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको छ ।










