काठमाडौं । काठमाडौंको टोखास्थित झोर महाँकालमा आज (बुधबार) दिउँसो गोली चलेको छ । अज्ञात व्यक्तिले जंगलतिरबाट गोली चलाएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडाैं प्रहरी प्रमुख एसपी रवीन्द्र धानुकले प्रहरी घटनास्थल पुगेको र गोली चलाउनेको खोजी सुरु गरेको जानकारी दिए । उनका अनुसार एकजना महिलालार्इ गोली लागेको छ। घाइतेलार्इ धापासीस्थित ग्रान्डी अस्पताल लगिएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोली चलेको स्थान राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ, जहाँ नेपाली सेनाको सुरक्षाा छ ।